प्रधानमन्त्री ओली डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 06:42:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेको १० औं दिन आज शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । फागुन १९ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । 

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका थिए । 

प्रधानमन्त्रीकी मिर्गौलादाता भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved