असिनापानीले बालकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 12:07:11 PM मा प्रकाशित

laxmi  sunrise bank

असिनापानीले चुटेर एक बालकको ज्यान गएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर ज्यान गएको हो ।

शितगंगा नगरपालिका १२ रजिया रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । 

प्रहरीका अनुसार शनिबार दिउँसो घरबाट हिँडेका सुस्त मनस्थितिका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved