विभाग भन्छ 'भारतसँगको कुनै भन्सार नाका बन्द भएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 01:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले भारतसँगको कुनै भन्सार नाका बन्द नभएको जनाएको छ । विभागका निर्देशक तथा सुचना अधिकारी शिशिर घिमिरेले हालसम्म नाका बन्द बारे कुनै औपचारिक जानकारी नआएको र सबै नाका सुचारु अवस्थामा नै रहेको बताएका हुन् ।

संचार माध्यमहरुमा नाका बन्द बारेका समाचार आएपनि सबै भन्सार नाका चालु अवस्थामा रहेको उनले बताए । उनले भने 'जिल्ला भन्सारबाट भारतले नाका बन्द गर्यो भनेर विभागलाई आधिकारीक रुपमा जानकारी आएको छैन, औपचारिक जानकारी नआएसम्म हामिले नाका बन्द गर्यो भनेर भन्न मिल्दैन' ।

कोरोनाको कारण देखाउदै भारतले नेपालसँगको ४ वटा बाहेक सबै नाका बन्द गर्ने जनाएको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved