३ दिन उपत्यकाका यी स्थानमा ८ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 04:34:32 PM मा प्रकाशित

laxmi  sunrise bank

३ दिन काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ८ घण्टासम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको पुल्चोक बितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट वितरित ११ केभी लाइन अपग्रेड गरिन लागेकोले विद्युत आपूर्ति बन्द हुने भएको हो ।  

प्राधिकरणका अनुसार चैत्र ४, ६ र ८ गते उक्त फिडरबाट हुने विद्युत सेवा बन्द हुने छ । ति दिनमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म चुनिखेल ,छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचौर, बुरुंगचुली लगायत त्यस फिडरबाट सेवा प्रवाह हुने स्थानमा बत्ति नआउने प्राधिकरणले जनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved