बरामद भएका मास्क बेच्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 04:39:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बरामद गरेको मास्क ‘साझा औषधि पसल’बाट बेच्ने भएको छ । कालोबजारीको बजार अनुगमनका क्रममा बरामद भएका मास्कहरु गोदाममा थन्किएपछि सरकारले विक्रि गर्ने भएको हो ।

यसरी बरामद भएका चीजहरु कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइन्छ र मुद्दाको टुंगो नलागेपछि जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायतलाई छलफल गरेर बरामद भएका मास्क तत्काल बजार पठाउने उपायको खोजी गरेका थिए ।

प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुकै कुराकानीका आधारमा काठमाडौं महानगरपालिका १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिई राखेको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद भएको छ । हालसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved