काभ्रेको पनौतीमा लागेको कर्फ्यु हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 08:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

काभ्रेपलाञ्चोकको पनौतीमा लागेको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहान ९ बजेबाट लगाएको कर्फ्यु बेलुका ८ बजेबाट हटेको हो । 

 काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सोमबार भएको दुर्घटनापछि मंगलबार बिहानको बैठकले लगाएको कर्फ्यु आदेश बेलुका ८ बजे हटाईएको जनाएका हुन् । प्रशासनले  पुर्वमा शंखु जानेबाटो चौकीसम्म ८०० मिटर, पश्चिममा कुशादेवी बाटो १ किलोमिटरसम्म, उत्तरमा बनेपा जाने ठाडोबाटो १ किलोमिटरसम्म र दक्षिणमा बेथानचोक जाने बाटो १ किलोमिटरसम्म चार किल्ला कायम गरी कर्फ्यु लगाएको थियो ।

सोमबार नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिडित पक्षसँग ३ बुँदे सहमति भएपछि कर्फ्यु हटेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved