जफत गरेका मास्क बेच्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 05:02:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजार अनुगमनका क्रममा जफत गरेका मास्क बिक्री गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बुधबारको बैठकले बजार अनुगमनका क्रममा जफत गरिएका मास्कहरु बेच्ने निर्णय गरेको हो । 

उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको समितिले गरेको निर्णय अनुसार जफत गरिएका मास्कमध्ये ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्थामार्फत बिक्री गर्ने निर्णय गरेको हो । बजार अनुगमनका क्रममा हालसम्म अवैध रुपमा लुकाई राखिएका करिब २० लाख थान मास्क जफत गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved