प्रचण्डलाई जुत्ताले हान्ने व्याक्ति भन्छन, 'उहाँ मेरो प्रिय नेता हुनुहुन्छ, आवेगमा घट्ना घट्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 08:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको आरोपमा पक्राउ परेका जुम्ला सिन्जाका रतन तिरुवाले आफ्नो आवेश र आवेगका कारण उक्त घट्ना घटेको स्पष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्ड आफ्नो प्रिय नेता भएको समेत बताए । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट आज अपरान्ह ५ सय धरौटीमा रिहा भएलगत्तै तिरुवाले पत्रकार सम्मेलन मार्फत यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भने,‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ । 

तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे । उनले भने,‘प्रचण्ड मेरो लागि प्रिय लिडर हो । तर, त्यहाँभन्दा अझ प्रिय सत्यता छ । संसार सत्यतातिर छ । उहाँमाथि जुत्ता प्रहार गर्ने कुनै मेरो ईन्टेन्शन थिएन् । म एउटा सामान्य मान्छे हुँ । एउटा गरिबको छोरा हुँ । कर्णालीबाट पढ्न आएको हुँ । लोकसेवा स्टुडेन्टपनि हुँ । हिजो जनयुद्धदेखिको अहिलेसम्मको बाटो हेर्दै गर्दा कतै कहीँ चुकेकोजस्तो, उहाँ चाहीँ आफ्नै लिडर भएको नाताले, केही कमिकमजोरीहरु देखिँदा आवेग, आक्रोश हुनु स्वभाविक होजस्तो मलाई लाग्छ ।’ उनले आफू ५ सय धरौटीमा रिहाई भएको समेत जानकारी दिए । 

उनले थपे,‘अर्को कुरा, दुर्घटना हुनु एकदम दुःखद् कुरा हो । तर, नचाहँदा नचाहँदैपनि घट्नाहरु हुन्छन् । घट्छन् । त्यही भएको हुनाले अब यस्तै हो । दुर्घटना भैहाल्यो । भएरपनि १७, १८ दिन भित्र बसेर आज रिहा भएको छु । अरु यस्तै हो । ठीक छ । भोलि, पर्सी बोल्दै गरौंला ।’ 

उनले आफूलाई सोही प्रकरणमा यत्रो दिन हिरासतमा नराखेको भए हुनेथियो भन्ने आशय व्यक्त गरे । उनले भने,‘मेरो स्वास्थ्यपनि ठीक छैन् । पछि, कुरा गरौंला ।’ उनले आफू सहिद परिवारको सदस्य भएको सुनाउँदै आफुहरुको छुट्टै पीडा र व्यथा रहेको दुःखेसो पोखे । उनले दोहोर्याए,‘म आवेग र आक्रोशमा आएँ । हुन त उहाँहरुले मलाई त्यहीँबाट छोड्नपनि सक्नुहुन्थ्यो । यत्रो दिन हिरासतमा नराखेको भएपनि हुन्थ्यो ।’ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved