परीक्षा केन्द्र पुगेका विद्यार्थीलाई घर फर्काउँदै गौरिशङ्कर गाउँपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 12:48:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट सुरु हुने तय भएको एसईई परीक्षा स्थगित भएपछि परीक्षा केन्द्रसम्म पुगिसकेका विद्यार्थीलाई सास्ती भयो भनेर आलोचना भईरहेका बेला दोलखाको गौरिशङ्कर गाउँपालिकाले लोभलाग्दो उदाहरण दिएको छ । परीक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई घर फर्काउन गाउपालिकाले बसको ब्यबस्था गरेको छ । 

सबै तयारी पूरा गरि बिद्यार्थीहरु केन्द्रमा पुगि सकेको र परीक्षा स्थगित भएका कारण बिद्यार्थीलाई घर फर्किन गाउँपालिकाले बसको ब्यबस्था गरेको गाउँपालिकाकी उपप्रमुख उर्मिला थामिले जानकारी दिईन् । गाउँपालिकाको विभिन्न वडाहरुबाट बिद्यार्थीहरु परीक्षाका लागि हलेश्वर मा.वि. सुरी पुगेका थिए । उक्त मा.वि.मा ५ बिद्यालयका बिद्यार्थी पुगेका थिए । सुरीबाट विद्यार्थीलाई फर्काउन गाउँपालिकाले जुगु, झ्याकु, मार्बु, चङ्खुलगायत ठाउमा जान बसको ब्यबस्था गरेको प्रमुख प्रसासकिय अधिकृत प्रदिप खड्काले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved