टेलिकमको जुनसुकै नम्बरमा फोन गर्दा कोरोनाबारेको संदेश पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 01:46:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको जुन सुकै नम्बरमा फोन गर्दा कोरोना भाइरसबारेको संदेश सुन्न सकिने भएको छ । टेलिकमले भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको हो । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको संदेश सुन्न सकिने छ।  जसलाई फोन गरेको, उसले फोन नउठाउदासम्म यो संदेश सुन्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमबाट ३२१०० मा फोन गरेर कोरोना भाइरसबारे जनचेतनामूलक सामग्री सुन्न सकिने छ । उक्त नम्बरमा कल गर्दा कुनै शुल्क नलार्गे टेलिकमले स्पष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved