कोरोनाको त्रासमा हरिहरको परोपकारः ३ महिनासम्म घर भाडा नलिने घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2020 | 10:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार बिहानैदेखि एउटा कुरा सामाजिक सञ्जालमा भाइरल छ । काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । उनको स्टाटस केही समयमा नै भाइरल बन्यो । 

उनले भने आफूले कुनै पनि किसिमको प्रचारबाजीको लागि नभई दुखको समयमा मानवीय सेवाको भावले यस्तो घोषणा गरेको बताएका छन् । ‘मैले आफ्नो कुनै पनि प्रचारबाजीको लागि यस्तो गरेको होईन, स्टाटस लेख्ने वित्तिक्कै साथीहरुले सेयर गरेर भाइरल बनाईदिनु भयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनु भएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ ।’

कोरोना भाइरसका कारण अवस्था त्रासपूर्ण बनेपछि काठमाडौँ छोड्ने मानिसहरुको संख्या बढिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved