भुषण दाहालले कार्यक्रमको नाम ‘फायरसाइड’ कसरी राखेका थिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 11:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित पत्रकार भुषण दाहाल अहिले आराम गरिरहेका छन् । कुनै बिरामी भएर वा थकान लागेर होईन, उनी आफ्नो ज्ञानको दायर अझ फराकिलो बनाउन टेलिभिजनको काम छोडेरै अध्ययनमा लागिरहेका छन् । तर टेलिभिजनको पर्दामा ‘फयरसाइड’ हेर्ने बानी परेका दर्शकहरु भने अझै पनि भुषणको प्रतिक्षा गरिरहेका हुन्छन् । 

‘भुषण दाहालले अझै पढ्नुपर्छ र ? उनले पढ्न बाँकी केही होला र ?’ टेलिभिजन छोडेर भुषण दाहाल पढ्न थालेका छन् भन्दा धेरैले सोध्ने प्रश्न हो यो । यति मात्रै नभई भुषण दाहालले सञ्चालन गर्ने कार्यक्रम ‘फायरसाइड’को नाम कसरी रह्यो होला भनेर पनि अनेकौ आँकलन गरिन्छ । तर अध्ययनमा रहेका दाहालले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले अहिले पढ्दै गरेको किताब र आफूले सञ्चालन गरेको कार्यक्रमको नाम कसरी रह्यो भनेर जानकारी दिएका छन् । 

‘युद्धकालका अमेरिकी राष्ट्रपति फ्राक्ङलिन रुजभेल्टले आन्तरिक एवं अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकी जनता लाई दिएका रेडियो संदेशहरुलाई ूफायरसाइड च्याटूको संज्ञा दिएका थिए सिबीएसका ह्यारी बुचरले । मेरो कार्यक्रम फायरसाइडको नामाकरण प्रेरणा यहि थियो’ दाहालले भनेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved