मन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण, कोरोनाबाट सचेत रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 11:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकी छन। कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत रहन आग्रह गर्दै उनले बिपद् ब्यवस्थापन समिती स्याङ्जाको बैठकमा माक्स हस्तान्तरण गरेकी हुन्। 

मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गरिन।

मन्त्री अर्यालले बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गरेकी छन। मन्त्री अर्यालबाट प्राप्त भएको माम्सलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गरे।  

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको बताइन। कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उनले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताइन।

सरकारले गरेको निर्णयले नीजि जीवनमा केहि समस्या रहेपनि सर्तकता अपनाउन सकेमा भयङ्कर दुर्घटना हुनबाट बच्‍न सक्‍ने बताइन।जनप्रतिनिधी, राजैतिक दल, सुरक्षाकर्मीले जिल्लामा कोरोना भाइरसको संक्रमणबाट बच्न राम्रो काम गरेको बताउदै मन्त्री अर्यालले थप काम गर्न आग्रह गरिन। 

संक्रमण हुदैमा मृत्यु नहुने भएकाले नडराउन आग्रह गर्दै मन्त्री अर्यालले बिदेशबाट आएकामध्ये एक जनामा पनि नेपालमा संक्रमण नदेखिनुले नेपालीहरुको रोगसँग लड्नसक्ने क्षमता बढि रहेको बताइन।

अशक्त, रोगीहरुलाई रोगले च्याप्ने भएकाले निगरानीमा राख्न आग्रह गर्दै मन्त्री अर्यालले हरेक वार्डमा हेल्थ डेक्स राख्न आग्रह गरिन। कालिका अस्पताल, आधिखोला अस्पताल, गल्याङ् अस्पताललाई संक्रमितको उपचार केन्द्र बनाउन आग्रह गर्दै मन्त्री अर्यालले जनता मनोबाल उच्च राख्नेतर्फ काम गर्न दिर्नेशन दिईन। उनले कोरोना भाइरसको समस्या बढेमा एरिया लकडाउँन गर्नसक्ने समेत बताइन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved