४ बजे मन्त्रिपरिषद बैठक बस्दै, कोरोनाको 'इस्यु' संगै केही नीतिगत निर्णय हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 01:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। आज ४ बजे बस्न लागेको बैठकले कोरोना रोमथामसम्बन्धी गठन गरिएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समन्वय समितिले अहिलेसम्म गरेको काम कारवाहिको समिक्षा गर्ने जनाइएको छ। 

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरुका साथै बिगतदेखि अड्किएका केहि महत्त्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाब दिएकाले फागुन १८ गते यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन।  आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखिएको स्रोतले जनाएको छ ।

पोखरेलको सम्योजकत्वमा बनेको उक्त समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ। शनिबार बेलुकामात्रै पनि उक्त समितिको बैठक बसेर सरकारले गरेको पुर्वतयारीलाई कार्यन्वयनमा लैजान ७ वटा कार्यदल समेत गठन गरेको गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved