आज बसेको मन्त्रीपरिषदको बैठकले गरेका महत्वपूर्ण ८ निर्णय (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 09:59:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी तथा सार्वजनिक संस्थानका सेवा नियमित गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेसँगै अघोसित लकडाउनको अवधिमा समेत सरकारी कर्मचारीले बिदा नपाउने भएका छन। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए।

अन्य महत्त्वपूर्ण निर्णय:

-चैत १० गते बिहान १० बजेदेखि एक हप्ता वा चैत १६ गतेसम्मका लागि हाम्रा अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरुमा यात्रु आवागमन स्थगित गर्ने। 

-सार्वजनिक संस्थान तथा सरकारी कार्यलयहरु नियमित रुपमा संचालन हुने। 

-उद्योग बाणिज्य आपूर्ति मन्त्रालयले नियमित रुपमा बजार अनुगमन गर्ने, बजारको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने, बजारमा अभाव हुन लागेका बस्तु आयात गर्नुपर्ने वा भण्डारण परिक्षण गर्नुपर्ने हो, त्यो गर्ने, र कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने 

-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधनको सन्दर्भमा भएका निर्देशनहरु  कार्यन्वयन गर्ने कार्यतालिका स्वीकृत 

-कोरोना संक्रमणबाट बचाउन जनप्रतिनिधि मुलक संस्थाले गरेका कामहरुको प्रशंसा, 

-राजनीतिक दल, सामाजिक संस्था र संचार माध्यमले पुर्याएको योगदानको प्रशंसा 

-कोरोना सम्बन्धि जोखिम बढेको र त्यसले अर्थतन्त्रमा प्रतिकुल असर परेको अवस्थामा पूर्वाधार निर्माण पनि गर्नुपर्ने भएकाले कोष निर्माण गर्ने निर्णय, उक्त कोषमा सरकारले ५० करोड सुरु पुंजी राख्ने र संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब राख्ने, र सहयोगी हातहरुलाई यो कोषमा रकम सहयोग गर्न अनुरोध गर्ने निर्णय 

-मालसामान ढुवानीको सहजीकरणको लागि सीमापारिको ढुवानी नियमित गर्ने (यात्रुलाई मात्र नाका बन्द)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved