एउटा जिल्लाबाट अर्को जिल्लामा गाडी जान नपाउने, निजिलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 02:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ । कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।उनले भने '  “सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ ।”

सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved