कोरोना रोकथाम कोषमा बोर्डको ५० लाख सहयोग, पुँजीबजारका सबैलाई सहयोग गर्न अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 12:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बोर्डले सरकारले स्थापना गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम एवम नियन्त्रण उपचार कोष'मा ५० लाख सहयोग गर्ने निर्णय गरेको हो  । 

बोर्डले पूँजी बजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सरकारी खातामा पैसा जम्मा गर्न समेत आग्रह गरेको छ । विपत्तीको समयमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा कोषमा सहयोग गर्नका लागि बोर्डले अपिल गरेको हो ।  

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved