लकडाउन भएको एयरपोर्टबाट बुधबार बिहानै २ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 10:50:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज लकडाउनको दोस्रो दिन काठमाडौँ उपत्यकामा मंगलबारको तुलनामा थप कडाई गरिएको छ । बिहानैबाट सुनसान प्रायः देखिएका सडकमा केही सवारी सधान गुडिरहेका थिए । प्रहरीले ३ सयभन्दा धेरै सवारीलाई समातेको छ । 

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द भएको छ । सोमबार अन्तराष्ट्रिय उडानमार्फत काठमाडौँ आएका जहाजहरु मंगलबार फर्किएका छन् । चैत १० देखि १८ सम्म अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको भएपनि काठमाडौँ विमानस्थलमा सोमबार कतार एयरवेज, इत्तिहाद र कोरियन एयरले उडान भरेका थिए । 

यी जहाजले नेपालमा अलपत्र आफ्ना देशका नागरिक र टिक काटिसकेका केही यात्रुको उद्धार गर्ने अनुमति मागेका थिए । यसरी आएका उनीहरुले मंगलबार बिहानै यात्रु लिएर फर्किए । 

लकडाउनको दोस्रो दिन आज बुधबार अहिलेसम्म काठमाडौँ विमानस्थलमा एउटा अवतरण र अर्को उडान भएको छ । यी दुई वटै उडान हेलिकप्टरको हो । बुधबार बिहान सोलुखुम्बुको लुक्लाबाट डाइनेष्टी हेलिकप्टर पर्यटकको उद्वार गरेर काठमाडौँ अवतरण भएको छ । त्यस्तै उद्वारकै लागि डाइनेष्टी हेलिकप्टर नै काठमाडौँबाट डोल्पा उडेको छ । यो हेलिकप्टर पनि आजै अपरान्ह डोल्पबाट काठमाडौँ फर्किन सक्नेछ । यी बाहेक अरु सबै उडान र अवतरण रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । 

अब अन्तराष्ट्रिय र आन्तरिक दुबैतर्फका उडानहरु लकडाउन अवधिभर हुने छैनन् । तर अझै पनि उद्धार, कार्गो र एयर एम्बुलेन्सले अनुमति मागे त्रिभुवन विमानस्थलले उडान तथा अवतरणको अनुमति प्रदान गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved