नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए, टेकु अस्पतालले गर्‍यो पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 12:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरसबाट सक्रमित अर्का व्यक्ति पनि  भेटिएका छन। यससँगै कोरोना भाइरसबाट संक्रमितको संख्या तीन पुगेको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले नमुना पोजेटिभ देखिएको पुष्टि गरे । आज संक्रमिति भेटिएका धादिङका ३२ वर्षका पुरुष हुन् । उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

नेपालमा सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो तर उनी उपचारपछि निको भइसकेका छन्।

त्यस्तै फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो। आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको पुष्टि गरेको थियो।  नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ भेटिएको छ। 




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved