लकडाउनले ५ सय विदेशी पदयात्री अलपत्र, कहाँ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 10:04:31 AM मा प्रकाशित

laxmi  sunrise bank

‘लकडाउन’का कारण सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् । एक हप्ताका लागि मंगलबारबाट सुरु भएको लकडाउनले ५ सयभन्दा बढी पदयात्रीहरु अलपत्र परेका हुन् ।

सगरमाथा, खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लुलगायत क्षेत्रमा गएका पदयात्रीहरु रोकिएका हुन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अनुसार खुम्बु क्षेत्रमा १ सय विदेशी पदयात्रीहरु रोकिएका छन् । मनास्लु क्षेत्रमा ३०, अन्नपूर्ण क्षेत्रमा करिब १ सय, हुम्ला र डोल्पामा १५ देखि २५, मनाङ, मुस्ताङ क्षेत्रमा  दर्जनभन्दा बढी पर्यटक रोकिएका छन् । 

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा हिजो बुधबार सोलुखुम्बुको लुक्ला र डोल्पाबाट ८ जना पर्यटकको उद्वार गरिएको छ । दुई हेलिकोप्टरमार्फत डोल्पाबाट ४ जना जर्मन पर्यटक र लुक्लाबाट ४ जना रुसी पर्यटकको उद्वार गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved