बिजपाटी सम्बाददाता     Mar 26, 2020 | 10:16:31 AM


tansen

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक जना विदेशी नागरिक चार दिनदेखि अलपत्र परेका छन् । नेपाल वायुसेवा निगमको जहाजमार्फत शनिबार हङकङबाट नेपाल आएका नेपाली मूलका बेलायती नागरिक विमानस्थलमै अलपत्र परेका हुन् । 

उनलाई अध्यागमनले विदेशी राहदानी भएकाले प्रवेश अनुमतिमा रोक लगाएको हो । अध्यागमन विभागका विमानस्थल प्रमुख सागर आचार्यले विदेशी नागरिता र पासपोर्ट भएका कार(ा उनलाई प्रवेशमा रोक लगाइएको बताएका छन् । निगमले आफ्नो उडानमार्फत ल्याएका कारण अब ती नागरिकलाई निगमले नै फिर्ता पठाउनुपर्ने हुन्छ । सबै उडान रोकिएकाले फर्काउन नसकिएपछि नेपाली मूलका बेलायथती ती नागरिकलाई निगमले नै खाने र बस्ने प्रवन्ध गरिदिएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका