कोरोनाको उपचार सामग्री लिन निमगको जहाज चीन उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 01:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट मेडिक सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज केहीबेर अघि चीनतर्फ उडेको छ । वाइडबडी ए–३३० ९एन–एएलवाई जहाज शनिबार १२ः३२ बजे चीनको ग्वाङ्जाओका लागि उडेको हो । 

काठमाडौँबाट चालकदलसहित १० जना प्राविधिक जनशक्ति लिएर उडेको निगमको जहाजले करिब ३० टन मेडिकल सामग्री लिएर फर्कने छ । निगमका अनुसार मेडिकल सामग्री लिएर जहाज आजै राति १०ः३० बजे काठमाडौँ फर्कनेछ । कार्गो उडानको अनुमति पाएको जहाजले कोरोना भाइरसको परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउने नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

उडान भर्दाको अवस्था नक्सामाः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved