नेपालका दोस्रो र पाँचौं कोरोना संक्रमितका ३ संयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 04:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी युवती कतार एयरवेजमार्फत काठमाडौँ आएकी थिइन् । उनी नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित हुन् । बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या ५ पुगेको हो । 

उनी चैत ४ गते नै कतारबाट कतार एयरवेजको ‘क्यूआर ६५२’ नम्बरको उडानमार्फत नेपाल आएकी थिइन् । यसअघि पनि चैत्र ४ गते सोही उडानमार्फत नेपाल आएकी १९ वर्षीया युवतीमा नै कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबै जना एकै उमेरका युवती र एउटै जहाजमा नेपाल आएका र दुबै जना युरोपबाटै आएका हुन् । यसअघि संक्रमित युवती पनि फ्रान्सबाट कतार हुँदै आएकी थिइन् ।

उनीहरु दुबै जना एउटै जहाजमा आएका कारण अन्य यात्रुलाई निगरानीमा राख्न स्वास्थ्य मन्त्रालयले ताकेता गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved