बिजपाटी सम्बाददाता     Mar 28, 2020 | 11:05:04 PM


tansen

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसका संक्रमितको उपचारमा आवश्यक औषधिजन्य सामग्री लिन गएको जहाज ‘मन्त्री भट्टराईको जमानीमा उडेको’ भन्ने आलोचनाको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रष्टोक्ति दिँदै जहाज गएको कुरा सत्य भएपनि भूक्तानीका विषयमा अड्कल गरेर आलोचना गरिएको भन्दै आपत्ति जनाएका छन् । 

मन्त्री भट्टराईको स्टाटसः

भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो । स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो । सामाग्री ल्याउन जिम्मा पाएको संस्थार ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर ऋइख्क्ष्म् ज्ञढ का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तनी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ । मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका