उपचार सामग्री बोकेको निगमको जहाज काठमाडौँ आइपुग्यो, चिनियाँ विमान पनि आजै आइपुग्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 09:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको जहाज काठमाडौं आइपुगेको छ । जहाज आइतबार बिहान ५ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

कोरोना परीक्षण किट, पीपीईलगायत सामग्री लिन शनिबार मध्यान्ह १२ः३२ बजे निगमको वाइबडी चार्टर विमान चीनको ग्वाङ्झाओ गएको थियो । जहाजले १२.६६ टन स्वास्थ्य सामग्री ल्याएको छ । 

यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह, ज्याक मा फाउन्डेसन, अलिबाबा फाउन्डेसन र चिनियाँ दूतावासले अनुदानमा दिएका पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौंका लागि उडेको जानकारी दिएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved