काठमाडौँ एयरपोर्टमा एकाबिहानै ७ आन्तरिक उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 11:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

लक डाउनको छैठौँ दिन आज आइतबार बिहानै सोलुखुम्बुको लुक्लाबाट काठमाडौँ विमानस्थलमा ७ वटा उडान भएका छन् । जम्मा १० उडानमध्ये अझै ३ उडान बाँकी नै छ ।

आज तारा एयर, सीता एयर र समिट एयरले लुक्लाबाट पर्यटकको उद्वार गरी काठमाडौँ ल्याएका छन् । आज मात्रै तारा एयरले ३ उडान गरेको छ । ३ उडानमा ताराले ५० जना पर्यटकको उद्वार गरेको छ । 

२ उडान गरेको सीता एयरले २८ र २ उडान नै गरेको समिट एयरले ३६ जना पर्यटक बोकेर काठमाडौँ अवतरण गरेका छन् । आज बिहान मात्रै ११४ जना पर्यटक काठमाडौँ ओर्लिएका छन् । ३ उडान बाँकी रहेकाले अझै करिब ५० पर्यटकको आजै उद्वार हुने जनाईएको छ । 

आज पोखराबाट भने कुनै उडान नरहेको त्रिभुवन विमानस्थले जनाएको छ । विमानस्थलका अनुसार आज कुनै अन्तराष्ट्रिय उडान पनि छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved