लकडाउनको अवधि बढ्ने, आजै विशेष आर्थिक प्याकेज घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 11:22:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाका अनुसार आज मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।

बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि हालसम्म भएका काम कारवाहीको समिक्षा गर्नेछ। त्यस्तै बैठकले लकडाउनको समय अवधि थप गर्ने तथा बिशेष आर्थिक राहत प्याकेज घोषणा गर्ने स्रोतले जनाएको छ। स्रोतका अनुसार १ साताको लागि लकडाउन अवधि थप गर्ने वा १० दिन थप गर्ने भन्ने छलफल चलिरहेको छ। 'सम्भवत लकडाउनको अवधि १० दिन थप हुनेछ, पछि कति थप गर्ने भन्ने कुरा भारतको अवस्थाले निर्धारण गर्छ' स्रोतले भन्यो ।

त्यस्तै छिमेकी मुलुक भारत लगायत कोरोना भाइरसबाट प्रभावित देशहरुले आर्थिक प्याकेज घोषणा गरिसकेको अवस्थामा नेपालले समेत बिशेष आर्थिक प्याकेज घोषणा गर्ने भएको छ।

आजको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेअनुसार आर्थिक प्याकेज घोषणा गर्ने सरकारको तयारी रहेको स्रोतले जनाएको छ। आज नै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । बैठक आज १ बजे सिहदरवारमा बोलाईएको छ। 

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । जस मध्ये १ जना उपचारपछि घर फर्किईसकेका छन् । बाँकि ४ जना सबै हालै विदेशबाट आएका र उनीहरुले अरुलाई पनि संकम्रण सारेको हुन् सक्ने भएकोले संक्रमण फैलिन नदिन लकडाउन थपिने सक्ने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved