कतार एयरवेजबाट आएका ५ जनाको नतिजा नेगेटिभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 12:49:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजबाट चितवन आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उनकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए ।

सोही एयरवेजमा आएका छजना चितवनवासी भएकामा एक जना काठमाडौँमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य छ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए । गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल चारजनाको उपचार भइरहेको छ । अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved