प्रदेश १ मा कोरोना भाइरस रोकथामलाई प्रभावकारी बनाउन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 01:22:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं १ सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने संक्रमणको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । यी समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभाका सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा आजै बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिलाई रु १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेश भित्रका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पु¥याउने जिम्मेवारी तोकेको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्रप्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved