नेपाल उधोग परिसंघद्धारा एक सय पिपिई र ७५ हजार थान माक्स सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 01:48:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले सरकारलाई नोवल कोरोना भाइरस संक्रमण को उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पिपिई) दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण १०० थान र तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेका हुन् ।

 हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने उनले जनाकारी दिए । 

हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागीता रहेको थियो । 

स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको  परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved