तिलोत्तमा नगरपालिकाले विपन्नको घरमा पुर्‍याइदियो खाद्यान्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 02:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।

शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गरे । शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

 कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु¥याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे । 

नगर प्रमुख घिमिरेले भने–“सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पु¥याइदिने छ ।” घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका ईन्द्र थापाले संकटका बेलामा नगरपालिकाले सरकार भएको महशुस दिलाएको बताए ।

तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै मर्न नदिने बताए ।

नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । 

प्रकोप व्यवस्थापन कोष मजबुद बनाउँदै तिलोत्तमा नगर प्रमुखले दिए ५० हजार 

रुपन्देही १४ चैत्र तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिएका छन । यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँको योगदान गरिन । नगरपालिकाले यसअघि नैं स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाउँदै लैजाने निर्णयसँगै उहाँहरुले कोषमा व्यक्तिगत योगदान भएको हो ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैंयाँ पुर्याउने लक्ष्य राखिएको छ । 

नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत रकम प्रदान गर्न थालेका छन् । तिलोत्तमा—१, स्थित होराइजन जिबिएस स्कुलले एक लाख एक हजार रुपैंयाँ कोषमा दिएको प्राचार्य गोपाल आचार्यले बताए । 

यस्तै तिलोत्तमा—८, प्रदीपनगर निवासी वरिष्ठ समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गरे । नगरपालिकाले एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ । 

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उनले प्रष्टाए। 

यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved