दुबईबाट आएर कोरोना अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Mar 29, 2020 | 03:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलको धागो कारखानामा रहेको कोरोना बिशेष आईसुलेसन अस्पतालमा उपचार गराई रहेका एक ब्यक्तीको निधन भएको छ ।यहि चैत ६ गते दुवईबाट आएका नगरपालिका ७ सिसौडाडाका स्थायी बासिन्दाको के कारणले मृत्य भएको हो भन्ने खुलेको छैन ।

रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछी उनले ७ गते देखि घरमै उपचार गराई रहेको र १३ गते बुटवल स्थीत आईसुलेसन बिशेष अस्पतालमा उपचार गराई रहेका थिए। आज बिहान अलि बढी समस्या देखिएपछि आईसीयुमा राख्ने तयारी हुदा हुदै निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा। सुदर्शन थापाले बिजपाटीलाई बताए।

मृतक कोरोनाको परिक्षणका लागि स्वाव निकालेर काठमाण्डौ पठाइएको भएतापनि रिर्पोट आई सकेको छैन । स्वाब परिक्षणका लागि आज काठमाण्डौ पठाईएको  प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्र गिरीले बताए । उनको मृत्युको कारणले  ३ दिनपछि पत्तालाग्ने डा गिरीले बताए ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved