श्रमिकलाई सरकारको राहत: खाद्यान्न, बिद्युत र इन्टरनेटमा छुट, तलब एडभान्समा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 09:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनाबाट प्रभावितहरुका लागि बिशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा अर्थ र संचारमन्त्री डा युबराज खतिवडाले सरकारले खाद्यान्न, बिद्युत र इन्टरनेटमा छुट दिने निर्णय गरेको जानकारी दिए।

सरकारले संगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरको पहिचान गरि उनीहरुको लगत तयार गरेर लकडाउनको अवधिसम्म  दैनिक खाद्यान्न स्थानीय तहले उपलब्ध गराउनु पर्ने निर्णय गरेको छ। यसका लागि स्थानीय तह र प्रदेश सरकारले कोष खडा गर्नुपर्ने छ।  र त्यो कोष मार्फत राहत वितरण गर्नुपर्ने र अपुग रकम केन्द्रिय सरकारले हेर्नेछ। 

संबेदनशिल बर्ग टुहुरा, गर्भवती महिला, दिर्घ रोगिलाई बिशेष हेरचा गर्ने निर्णय गरेको छ। त्यसैगरि औपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई सम्बन्धित रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। 

पूर्ण रुपमा बन्द भएका पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठानहरुले श्रमिकलाई २०७६ चैतको तलब एडभान्समा दिनुपर्ने, व्यवसाय संचालन नभएसम्म उक्त तलब प्रतिष्ठान कल्याणकोषको रकम प्रयोग गर्न पाइने निर्णय गरेको छ। 

त्यस्तै खाद्यान्नमा चामल, पिठो, नुन, तेलमा १० प्रतिशत छुट दिनुपर्ने, दुरसंचार कम्पनीले इन्टरनेटमा २५ प्रतिशत छुट दिने, निजि सेवा प्रदायकले पनि छुट दिनुपर्ने निर्णय गरेको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved