बिजपाटी सम्बाददाता     Mar 29, 2020 | 10:33:02 PM


tansen

सरकारले कोरोना संक्रमणको विषम परिस्तिथिलाई मध्यनजर गरि आयातमा कडाई गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा अर्थ र संचारमन्त्री डा युबराज खतिवडाले  सुन, गाडी तथा अन्य बस्तुको आयातमा कडाइ गरिएको जानकारी दिएका हुन्। 

मन्त्री खतिवडाकाअनुसार सुनको पैठारी दैनिक २० किलो रहेकोमा अब यसको सिमा घटाएर १० किलो ब्नाइएको छ। त्यस्तै अर्को व्यवस्था नभएसम्मको लागि ५० हजार डलर भन्दा माथिको सवारी साधन आयात गर्न नपाइने भएको छ। 

यतिमात्र नभई सरकारले मदिरा, मरिच, सुपारी, केराउ, छोक्रा, आयातमा पनि रोक लगाएको छ।  



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका