स्वास्थ्य सामग्री लिएर उडेको सेनाको विमान बीचबाटोबाटै फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 10:41:53 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट आएको स्वास्थ्य सामग्री लिएर विराटनगरको लागि उडेको नेपाली सेनाको विमान बीच बाटो बाटै फर्किएको छ ।कोरोना परिक्षण गर्ने मेसिन, त्यसको लागि आवश्यक सामग्री,  मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर विमान सोमबार बिहान उडेको थियो । तर विमान गन्तब्यमा नपुगी फर्किएको हो। 

विमानले बोकेको सेनिटाईजरबाट चर्को गन्ध फैलिएपछि विमानबीच बाटोबाटै फर्किएको हो । सेनिटाईजर लिक भएर गन्ध आएको हुन् सक्ने बताईएको छ । 

चीनबाट आएको सामग्री हरेक हरेक प्रदेशमा पुर्याएर हरेक प्रदेशबाट कोरोना परिक्षण गर्ने सरकारको तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved