ग्यास बोकेका युवालाई कारवाही गर्ने प्रहरी कर्मचारीमाथि छानविन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 11:27:17 AM मा प्रकाशित

laxmi  sunrise bank

खाना पकाउने ग्यास सिलिन्डर बोकेका सर्वसाधारणलाई पनि कारवाही गर्ने आफ्ना संगठनका कर्मचारी माथि नेपाल प्रहरीले छानविन सुरु गरेको छ । सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले यसलाई गम्भिरताका साथ लिएको जनाएको हो । 

प्रहरी प्रधान कार्यालयले यसबारे आवश्यक छानबिन भइरहेको जानकारी गराएको हो  ।

सामाजिक संजालमा भाइरल भएको तस्विरमा एक युवा ग्यास सिलिन्डर लिएर बाइकमा आएको देखिन्छ । तर लकडाउन अवधिको उल्लघन गरेको भन्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीले ति युवालाई ग्यास काँधमा हालेर बोक्न लगाई सडक मै बस्न लगाएर कारवाही गरेको देख्न सकिन्छ  । 

तस्विरमा ति युवाको बाइक पनि देखिन्छ भने उनले हेल्मेट पनि लगाई रहेका छन्  । अत्यावश्यक सामग्रीको जोहो गर्दा समेत कारवाही गरेको बह्न्दै प्रहरीको ब्यापक आलोचना भईरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved