बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 01:43:14 PM


tansen

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन बागलुङ जिल्लामा थप सजगता अपनाउन थालिएको छ । हालसम्म पुष्टि भएका कोरोना भाइरसका पाँच जना सङ्क्रमित मध्ये एक युवती जिल्लाको भएसँगै बागलुङ नगरपालिकाले वडा वडामा थप सजगता अपनाउन थालेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ ।  वडा नं ८ सिगानाको कार्यालयले आफ्नो वडा भित्र विदेशबाट आएका १३ जनालाई पत्रचार गरेर घरमै सुरक्षित रुपमा ‘होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ । 

विदेशबाट आएकाको तथ्याङ्क सङकलन गरी वडा सदस्य मार्फत घर–घरमै  पत्र पठाइएको वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । “ विदेशबाट आएकालाई पत्र पठाएर घरमै होम क्वारेन्टाइनमा बस्न भनिएको छ,” उनले भने “सबै नागरिकलाई पत्राचार, माइकिङ गरेर घरमै बस्न भनिएको छ ।” 

सचेतना समन्वय समितिका अनुसार नगरपालिकाले गरेको निर्देशन तथा सर्तकता  अनिवार्य पालना गर्नका लागि आम नागरिकलाई आग्रह गरिएको छ ।  

विभिन्न देशबाट यहाँ सबै जनालाई पत्रचार गरिएको हो । पत्रको अवेज्ञा गरेमा घरमै सुरक्षाकर्मीसहितको टोली परिचालन गरिने समेत बताइएको छ । नगरभित्र लकडाउनको समयमा जुवाँ तास , क्यारेमबोड, भलिवल, फूटवल खेल्ने जस्ता कार्य, बैठक तथा  सामुहिक पूजाआजा नर्गन निर्देशन भइसेकेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका