बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 02:29:56 PM


tansen

पाटन अस्पतालमा कोरोना भाइरसको आशंकामा गरिएका एक जना बिरामीको मृत्यु भएको छ ।  अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएका धादिङ खनियाँपानीका ३५ वर्षीय युवकको सोमबार मृत्यु भएको हो । 

उनी  चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । उनमा  कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उनको रिपोर्ट आएपछि मात्र मृत्युको कारण हो या अरु नै केहि हो भन्ने थाहा हुने छ  ।  

 पाटन अस्पतालको आइसोलेनमा हाल ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका