कोरोना नियन्त्रण र रोकथामको लागि एक करोडको कोष स्थापना

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 30, 2020 | 03:03:04 PM मा प्रकाशित

tansen cement

कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले एक करोडको रुपैयाँको कोष स्थापना गरेको छ । सोनमा गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन तथा सङ्क्रमणबाट बाँच्न र बचाउनका लागि एक करोड रुपैयाँको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार यादवले बताए । 

गाउँपालिकाको प्रत्येक वडाको प्रत्येक गाउँठाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने काम भइरहेको, जनप्रतिनिधिहरु गाउँगाउँमा घुमिरहेको तथा स्थानीय बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट बच्न र बचाउनका लागि आवश्यक सरसल्लाह दिइरहेको अध्यक्ष यादवले बताए । त्यसैगरी सोनमा गाउँपालिकाको क्षेत्रभित्र कसैलाई कोरोना भाइरसको सङ्क्रमण वा लक्षण देखिएमा उनीहरुलाई छुट्टै व्यवस्थित रुपमा राख्नका लागि वडा नं। ३ स्थित खखना माध्यमिक विद्यालयमा ५० बेडको क्वारेन्टाइनसमेत निर्माण गरिएको समेत बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved