वीर अस्पतालमा कोरोनाको आशंका गरिएकी युवतीको मृत्यु

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 30, 2020 | 03:13:30 PM मा प्रकाशित

tansen cement

वीर अस्पतालमा कोरोना भाइरसको आशंकामा गरिएका एक जना बिरामीको मृत्यु भएको छ ।  ज्वरो देखिई सास फेर्न गाह्रो भएपछि सोमबार अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएकी चन्द्रागिरी नगरपालिका १५ की एक युवतीको मृत्यु भएको हो । 

 उनी  यहि साता भारतबाट नेपाल फर्किएकी थिइन् । उनमा  कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उनको रिपोर्ट आएपछि मात्र मृत्युको कारण हो या अरु नै केहि हो भन्ने थाहा हुने छ  ।  

आज नै पाटन अस्पतालमा पनि एक जनाको मृत्यु भएको छ ।   अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएका धादिङ खनियाँपानीका ३५ वर्षीय युवकको सोमबार मृत्यु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved