बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 04:24:01 PM


tansen

अब नेपालमा पनि एक घण्टा मै कोरोना परिक्षण हुने भएको छ ।  चीनबाट ल्याईएका मसिनले एक घण्टा मै परिक्षणको नतिजा दिने भएको हुन् ।  

सरकारले चीनबाटअब कोरोनाको परिक्षण एक घण्टा मै  ल्याईएक स्वास्थ्य सामाग्रीहरु प्रदेशहरुमा पठाउने निर्णय गरेको छ ।   यससंगै प्रदेशमा रहेका परिक्षण केन्द्रबाट नमुना दिएको एक घण्टा मै परिक्षणको नतिजा आउने भएको हो ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रदेशमा रहने केन्द्रले काम सुरु गरेपछि एक घण्टा मै नतिजा आउने बताईन । तर टेकुमा हुदै आएको परिक्षणको लागि भने ८ घण्टा नै कुर्नु पर्ने हुन्छ । 

प्रयोगशालाले हरेक प्रदेशमा ल्याब रहने स्थान र प्रयोगशाला विज्ञहरु तोकेको छ ।  प्रदेश १ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि नै परीक्षण सुरु भएको छ।बागमती प्रदेशको हेटौडामा आजदेखि परीक्षण सुरु हुदैछ । सरकारले अन्य प्रदेशमा आवश्यक सामग्री हेलिकप्टर मार्फत पठाएर परिक्षण सुरु गर्ने जनाएको छ ।  चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण सुरु गर्ने तयारी सरकारले थालेको हो।  

हेर्नुस कहाँ को विज्ञ : 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका