बिजपाटी सम्बाददाता     Mar 30, 2020 | 04:45:54 PM


tansen

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड १९)  प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।  लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाई चैत्र १६ गते  एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ । 

स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार माक्स वितरण गरेको छ । यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपिई पनि वितरण गरेको छ ।  

पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका