रामेछापमा पिकअप भ्यान दुर्घटना, २ को मृत्यु, २८ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 10:16:51 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बिहान रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २८ जना घाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा तर्फ जाँदै गरेको बा १४ च ९४९८ पिकअप भ्यान जिल्लाको खाँडादेवी गाउँपालिका–१ स्थित राकाथुमको माझी बस्तीमा मंगलबार बिहान ५ बजेको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार दुर्घटनामा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाशीर मेमोरियल अस्पतालमा १ जना पुरुषको मृत्यु भएको हो ।

भक्तपुरबाट इट्टा भट्टामा काम गर्ने मजदुर लिएर पिकअप भ्यान रामेछाप हिडेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved