नयाँ गभर्नरको नियुक्ति लकडाउन सकिएपछि मात्रै: अर्थमन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 02:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको निर्णय लकडाउन अवधि सकिएपछि मात्रै हुने बताएका छन् । एक सरकारी संचारमाध्यमसँगको अन्तर्वाताको क्रममा उनले लकडाउन अवधि सकिएपछि मात्रै निर्णय हुने बताएका हुन् ।

' कोरोना सङ्क्रमणकै बीचमा गभर्नरको नियुक्ति कहिले हुन्छ भन्ने चासोको विषय रहेको छ, यसमा सरकारको तयारी के छ ? ' भन्ने प्रश्नमा मन्त्री खतिवडाले 'अब यो लकडाउनको अवधि सकियोस् । त्यसपछि हामी निर्णय गर्छौँ । ' भन्ने जवाफ दिएका हुन् ।

यद्यपि सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो। 

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ। पुर्वमन्त्री, पुर्व अर्थसचिव तथा राष्ट्र बैंकका पुर्व संचालक समेत रहेका बिद्याधर मल्लिकले समितिमा बस्न असहमति जनाएपछि पुर्व अर्थसचिव  कृष्णहरि बास्कोटालाई समितिमा राखिएको स्रोतले जनाएको छ। 

समितिमा नाम भएकोबारे कुरा गर्दा बास्कोटाले आफुलाई यसबारे कुनै जानकारी नभएको बिजपाटीलाई बताए। लकडाउनले गर्दा घरमै छु, समितिमा मेरो नाम सिफारिस गरिएको बारे मलाई थाहा छैन बास्कोटाले भने। 

बहालवाला गभर्नर पदमा रहँदाको एक महिनाअगाडी नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी प्राबधान छ। तर सरकारले गभर्नर पद खालि भएको २ साता बितेपछि मात्र गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाएको छ। सरकारले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई नै कामु गभर्नरको जिम्मेवारी दिएको छ। उनले चैत ५ गतेबाट कामु गभर्नरको जिम्मेवारी सम्हालेका छन् । 

कामु गभर्नरसँग प्रशासनिक काममा मात्र निर्णय लिने अधिकार रहेकाले कोरोना भाइरसको महामारीमा समेत राष्ट्र बैंकले ठोस नीतिगत निर्णय लिन सकेको छैन। जस कारण मुद्रासँग जोडिएका बिषयहरु निर्णय बिहिन अवस्थामा छ। 

गभर्नरको दौडमा १४ जना 

गभर्नरको दौडमा अग्रपंक्तिमा कामु गभर्नर चिन्तामणि सिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्व–डेपुटी गभर्नर एवं हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, पूर्वराजस्व–सचिव तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशंकर घिमिरे छन्। 

त्यस्तै अन्य आकांक्षीमा पूर्वअर्थ–सचिव राजन खनाल, वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी, राष्ट्र बैंकबाट कार्यकारी निर्देशकबाट बिदाई भएर हाल कृषि विकास बैंकको अध्यक्षमा नियुक्ति पाएका लक्ष्मीप्रपन्न निरौला, धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञवाली र बासुदेव अधिकारी, राष्ट्र बैंककै संचालक सुवोध लाल कर्ण, योजना आयोगका सदस्य भइसकेका अर्थविद चन्द्रमणी अधिकारी, गोबिन्द खनाल छन्। 

कुन नेताको रोजाईमा को ?

गभर्नर नियुक्तिका लागि बनाइने सिफारिस समिति औपचारिकता निभाउनका लागि मात्र भएको बताइदै आएको छ। राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणा र कार्यक्रममा कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले समिति औपचारिकता लागि मात्रै भएको र यस्तो हुन नहुने सार्वजनिक रुपमा नै भन्दै आएका छन्। 

नेपालको इतिहासमा पछिल्लो ३ दशक यता अर्थमन्त्री नियुक्तिको अधिकार अर्थमन्त्रीको हातमा समेत नरहेको बताइन्छ। सम्भवतस् यहि कारणले होला मन्त्री समेत भईसकेका पुर्वअर्थसचिव बिद्याधर मल्लिकले समितिमा बस्न अस्विकार गरेको। 

स्रोतकाअनुसार गभर्नरको दौडमा रहेका आकांक्षीहरुले एक एक नेताको रोजाईमा रहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा कामु गभर्नर चिन्तामणि शिवाकोटी छन् भने नेकपाका अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल प्रचण्डको रोजाईमा मीनबहादुर श्रेष्ठ छन। त्यस्तै अर्थमन्त्री खतिवडाको रोजाईमा महाप्रसाद अधिकारि र राजन खनाल छन्। 

यता नेकपाका महासचिव बिष्णु पौडेलको रोजाईमा गोबिन्द खनाल छन भने प्रधानमन्त्री ओलीका राजनीतिक तथा प्रमुख सल्लाहकार बिष्णु रिमालको रोजाईमा सुबोध लाल कर्ण र लाल शंकर घिमिरे छन्। त्यस्तै नेकपाका वरिष्ट नेता माधव नेपालको रोजाईमा कृष्ण आचार्य, भिष्म ढुंगाना, लक्ष्मी प्रपन्न्न निरौला छन्। यता राष्ट्रियसभाका नवनिर्वाचित सदस्य तथा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ तथा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्यको रोजाईमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved