कोरोना नियन्त्रण कोषमा साना किसान लघुवित्तको दश लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 07:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्त संस्था Sana Kisan Laghubitta Bittiya Sanstha Limited ले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा दश लाख रुपैयाँ  सहयोग गरेको छ ।  विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा उक्त संस्थाले  १० लाख रुपैयाँ सहयोग गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न सङ्घ संस्थाले सरकारलाई सहयोग प्रदान गरि रहेका छन् । कोरोनाका सम्भावित सङ्क्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved