लकडाउनले दशगजामा अलपत्र नेपालीलाई खुशीको खबर

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Mar 31, 2020 | 10:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भारत सिमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्न लागिएको छ । दुई दिनदेखि सिमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनहामा क्वारेन्टाईनमा राख्न लागिएको हो । 

मंगलबार नेपाल र भारत दुई देशका शुरक्षा अधिकारी वीचको सम्बादले दुबै देशमा अलपत्र परेका नागरिकलाई आआफ्नै देश तर्फ व्यवस्थापन गर्ने सहमती भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । 

नेपालबाट भारत तर्फ जानका लागि बेलहिया पुगेका १ सय २५ जना भारतिय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाईनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिए । 

दुबै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानिय स्तरबाट दुबै देशका सरकार प्रति आलोचना बढेको थियो । सिमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनबा तर्फ लगिएको छ भने भारतिय मजदुरलाई रुपन्देहीको भैरहवा स्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि खड्क बहादुर खत्रीले जानकारी दिए । 

उनीहरुको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाईनमा राख्न लागिएको प्रवक्ता खत्रीले जानकारी दिए । सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरेपनि त्यो भने कार्यन्वयन हुन सकेन ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved