युएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 09:55:52 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको संख्या ८ पुगेको छ। यसअघि ६ नेपालीलाई कोरोना संक्रमण भएकोमा युएईको स्वास्थ्य मन्त्रालयले थप २ जना नेपालीमा संक्रमण देखिएको जनाएको हो । 

संक्रमित ८ मध्ये २ जना निको भइसकेका छन् भने बाँकी ६ जनाको उपचार भईरहेको र अवस्था सामान्य रहेको छ।  

हालसम्म युएइमा रहेका ६ सय ६४ जनामा संक्रमण देखिएको छ भने  मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved