साल्ट ट्रेडिङको घुम्ती पसल टोल टोलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 12:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकामा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ । कर्पोरेसनले भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटालगायत खाद्यान्न बोकेर टोलटोलमा पुगेको हो । 

साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुर अउटलेट पनि सञ्चालमा रहेका छन् । प्रचलित बजार मूल्यभन्दा १० प्रतिशत सस्तोमा साल्ट ट्रेडिङले सामान बेचिरहेको छ । 

भ्यानमा चामल, नुन, दाल, गेडागुडीसहितको प्याक बनाई बिक्री गरिएको छ । साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० र चिनी ७३ रुपैयाँ प्रतिकलिोमा बिक्री गरेको छ । 

भ्यान पुगेको टोलमा माइकबाट ग्राहक बोलाउने गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved