पोर्चुगलको एउटै घरमा बस्ने ८ नेपालीमा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 12:28:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्चुगलको राजधानी लिस्बनमा रहेका आठ नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएका उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

एक जनालाई २ हप्तादेखि निरन्तर ज्वरो आएको र औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन् । 

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेका छन् । हालसम्म पोर्चुगलमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved