बिजपाटी सम्बाददाता     Apr 01, 2020 | 01:19:04 PM


tansen

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता एवम् बाग्मती प्रदेशसभा सदस्यसमेत रहेका रमेश पौड्यालले मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् । 

बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएको भन्दै उजुरी परेको हो । अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका पौड्यालले अख्तियारका प्रवक्तासँग उजुरी दर्ता भएको जानकारीसमेत लिइसकेका छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका